इन्द्रेणी संवाददाता 

दाङ ३०, वैशाख ।  करेन्ट लागेर दाङका एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउसो करेन्ट लागेर घाईते भएका लमही नगरपालिका ५ कोहली निबासी २७ बर्षीय सुदन चौधरीको उपचारका क्रममा लमही अस्पतालमा निधन भएको प्रहरीले बताएको छ ।

लमही नगरपालिका ४ बनगाउँमा रहेको बिजुलीको पोलमा केबुलको काम गर्दै गर्दा शुक्रवार बिहान दश बजे तिर करेन्ट लागेर उनी घाईते भएका हुन् । वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काका अनुसार चौधरीको लमही अस्पतालमा पोष्टमार्टम भएको छ ।