कुसुम वि.क.

बर्दिया ३०, बैशाख । बर्दियामा सुधारिएको चुलो निर्माण संगै महिलाहरुको कार्यबोझ घटेको छ । बर्दियाको साविकको शिवपुर गाविस वडा नंं ४ तुल्सीपुर ( हालको ठाकुरवावा ) नगरपालिका वडा नं. ६ मा गठित नागरिक सचेतना केन्द्रका स्थानीय महिलाहरुको सक्रियतामा गाविस भित्रका ४५ वटा सुधारिएको चुलो निर्माण गरिएको छ ।

sudhariyako chuloसाविकको शिवपुर गाउँविकास समितिको सहयोगमा नागरिक सचेतना केन्द्रका २२ जना महिलाहरुलाई सुधारिएको चुलो निर्माण सम्बन्धि तालिम प्रदान गरि अभियानलाई तिब्र पारिएको हो । धुवाँरहित चुलो बनाउने क्रम निक्कै प्रभावकारी बन्दै गएको स्थानीय लक्ष्मी सुनारले बताइन् । चुलो बनाउने तालिम पाएपछि चुलो बनाउन भ्याई–नभ्याई भएको ठाकुरवावा नगरपालिका वडा नं. ६ की अमृता नेपालीको भनाई छ ।

एउटा सुधारीएको चुलो बनाए बापत गाविसबाट ४ सय रुपैयाँ सहयोग समेत महिलाहरुले पाउने गरेका छन् । त्यस्तै सुधारिएको चुलो बनाएपछि आँखा, मुटु लगाएत रोगबाट बच्न सकिने, दाउरा कम लाग्ने तथा समयको बचत हुने फाईदा देखेपछि आपूmले पनि बनाएको र चुलो बनाएपछि दैनिक गुजारा टार्न निकै सजिलो भएको स्थानीय पदमकला विकले बताइन् ।

प्रत्येक घरमा सुधारिएको चुलो निर्माण कार्य तिब्र पारिएको छ भने अधिकांश घरहरुमा सुधारिएको चुलो निर्माणाधिन छन् । सुधारिएको चुलो बनाउदा दाउराको खपत हुने र धुवाँमा बसेर गृहणीले खाना पकाउदा अधिकाश महिलाहरु धुँवाका कारण लाग्ने विभिन्न रोगहरुबाट मुक्त भएको शिवपुर गाविसका गाविस सचिव शंकर रोकायले बताए ।

स्थानीय महिलाहरुको मागलाई मध्यनजर गर्दै महिलाहरुलाई तालिम प्रदान गरी सुधारिएको चुलो निर्माण कार्यलाई तिब्र पारिएको रोकायले बताए ।