कुसुम बिक
सुर्खेत ३० बैशाख। सुर्खेतमा मतदाता बोकेको जीप दुर्घटना भएको छ । शनिबार विहानै सुर्खेतको वीरेन्द्रनगरबाट दैलेख जान लागेको जीप लु १ च ७७२९ नम्बरको जीप सिद्धपाइला नजिक दुर्घटना भएको हो।

Accident

सुर्खेत प्रहरीका अनुसार जीपमा सवार ५ जना यात्रु घाइते भएका छन । घाईते मध्य ३ जनाको माया नर्सिङहोम वीरेन्द्रनगर सुर्खेतमा र दुई जनाको मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सडकबाट तल खसेको जीप पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भएको भन्ने जानकारी आउन बाकी भएको बताइएको छ ।