इन्द्रेणी संवाददाता
दाङ ३० बैशाख । शनिबार बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले दाङ लगाएत देशभरको जनजीवन प्रभावित भएको छ । बिहानै देखी दाङ लगाएतका शहरहरुमा मोटरसाईकल लगायतका साना सवारी साधन सञ्चालन भएपनि ठुला सवारीका साधन आवत जावत गर्न सकेका छैनन् । भने दाङबाट बाहिरिने तथा भित्रने कुनै पनि सवारी साधन नचल्दा मतदाता हरुलाई आफ्नो मतदान केन्द्रमा पुग्न कठिनाइ भएको छ ।

bandako asarमतदाताहरु २० बर्ष पछि हुन लागेको स्थानिय तहको निर्बाचनमा आफ्नो अमुल्य मतदान गरी जनप्रतिनिधि चुन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । शनिबार तुलसीपुरबाट मतदान गर्न गृह जिल्ला जान भनी बसेका रुकुम चौरजहारी नगरपालिका ६ का लाल बहादुर बिसी गाडि नचलेपछि जाना पाएनन् । उनले भने ‘ घर जान भनी तयार भएको थिए, तर आज गाडि बन्द रहेछन् ।’

उनले थपे भोली गएर भ्याईदैन्, अब यो पटक पनि स्थानिय निर्बाचनमा भोट हाल्नबाट बञ्चित भईने भईयो । ’ नेकपा माओवादीले गरेको बन्दले यस्तै हजारौ मतदाताका अमुल्य मत खेर गएको छ ।