काठमाडौं, ३० बैशाख ।  भोली अर्थात बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएकोछ ।
nirbachanस्थानिय तहको निर्वाचन पहिलो चरणमा भोली प्रदेश नं ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । यसका लागि ६ हजार ६ सय ४२ मतदान स्थल तथा केन्द्रमा आवश्यक कर्मचारी तथा सुरक्षाकर्मी खटाइएको आयोगले जानकारी दिएकोछ ।

यसैबीच भोली हुने निर्वाचनमा निर्धक्क भएर आफ्नो मतदानकेन्द्रमा गइ भोट हाल्न सरकारले सम्पूर्ण मतदाताहरुमा अपिल गरेको छ ।