इन्द्रेणी संवाददाता 

तुलसीपुर, २९  बैशाख । नयाँ शक्ति नेपाल दाङ तुलसीपुर उपमहानगरपालिका ८ को आयोनामा ब्याटमिण्टन प्रतियोगीता भएको छ । शान्तिदीप ईग्लिस बोर्गिङ्ग स्कुल दुधेनामा भएको प्रतियोगीतामा भिम बहादुर बिक र पोषणा खरेलको समुह प्रथम भएको थियो , भने चेत बहादुर केसी र दशरथ वलीको समुह द्धतिय भएको थियो । ११ टिम सहभागी भएको प्रतियोगीता २८ र २९ भएको नयाँ शक्ति नेपाल दाङका संयोजक नारायण भट्टराईले बताए । प्रथम र द्धतिय भएका समुहलाई सम्मान तथा पुरस्कार बितरण पनि गरिएको छ ।

naya sakti

नयाँ शक्ति नेपाल तुलसीपुर ८ का संयोजक कमल वलीको अध्यक्षता तथा शान्तिदीप ईग्लिस बोर्गिङ्ग स्कुल दुधेनाका प्रिन्सीपल गोबिन्द बहादुर शाहको प्रमुख आतिथ्यमा पुरस्कार बितरण कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि शाहले समाज रुपान्तरणका लागि खेल क्षेत्र अपरिहार्य भएको बताए । नयाँ शक्ति दाङका संयोजक भट्टराईले समाज रुपान्तरण गर्न खेल क्षेत्रको बिकास हुन आबश्यक रहेको बताए । आर्थिक संगै खेल क्षेत्रको बिकास गर्न पनि नयाँ शक्तिले पहल थालेको बताए ।