काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुरक्षा सक्रियताका कारण निर्वाचनकाक्रममा घटना कम भएको बताएका छन् । कतिपय राजनीतिक दलले तोडफोड गर्ने घोषणा गरेको अवस्थामा पनि सुरक्षानिकायले सक्रियता देखाएका कारण त्यस्ता घटना कम भएको बताए ।
‘निवार्चचनको प्रतिरोध गर्ने भन्ने दलबाट नै धेरै तोडफोड र आगजनी भएको छ’ निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने ‘घटना घट्नु अगाडी नै सुरक्षा निकायले नियन्त्रणमा लिएर तदारुकता देखाएकाले घटना कमभएका छन् ।’
प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको सक्रियताका कारण चुनावको उत्साहपूर्ण वातावरण बनेको भन्दै आयोगको प्रशंसा गरे । ‘निर्वाचन आयोगले निरन्तर मेहनेत नगरेको भएवातावरण अहिलेजसरी उत्साहपूर्ण हुने थिएन, आमजनतामा जसरी विस्वास पैदा भएको छ, त्यो संभव थिएन’उनले भने । प्रधानमन्त्री प्रचण्डले यति हुँदाहुँदै पनि कतिपय घटना घटेको भन्दै निर्वाचनको क्रममा घटेका घटना गम्भिर रुपमा हेर्ने विश्वास व्यक्त गरे ।
