सिराहा, २८ वैशाख । सराहस्थित लहानको यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार आज बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
कर्मचारीहरु कार्यकक्षभित्रै हुँदा बम बिष्फोट भएको हो । पब्लिक ट्वाइलेटभित्र विष्फोट भएकाले पनि हुनसक्छ मानविय क्षति नभएको लहानका डिएसपी हिरा पाण्डेले बताए ।
कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन ।