काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफल गर्न बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दिउँसो चार बजेपछि आयोग कार्यालयमा शीर्ष नेताहरुलाई बोलाइएको हुन् ।

asfafasfदलहरुबीच विभिन्न ठाउँमा झडप हुन थालेपछि आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ । वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउने उद्देश्यले नेताहरुलाई छलफलका लागि बोलाइएको बताएका छन् ।