सन्तोष दहित
पश्चिम नेपालका भूमिपुत्र भनेर चिनिने थारु जातिको राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय जगतमा छुट्टै पहिचान रहिआएको छ । आफ्नो उच्च भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवम् जीवनशैली अत्यन्त रोचक र फरक रहेको छ ।

5दाङ लगायत तराईको जिल्लामा बस्ने थारु समुदायको आफ्नो भाषा, कला, संस्कृति, रितिरिवाज त छदैछ, त्यो भन्दा पनि फरक थारु समुदायको लोभ लाग्दो मौलिक भेषभुषा तथा गरगहनाहरुछन् । अन्य समुदायको तुलनामा डगांैरा थारु समुदायको आफ्नै मौलिक पहिरन र गरगहनाहरु रहेकाछन् । त्यसैले जिल्लामा हुने हरेक कार्यक्रममा सवैले थारु समुदायलाई सम्झिने गर्दछन् । आयोजकले बोलाएपछि थारु समुदायका महिला तथा पुरुषहरुले आफ्नो भेषभुसा सहित गरगहन सजिएर स्वागतको लागि आउने गर्दछन् ।

यति हुदाहुदै पनि पछिल्लो समयमा थारु समुदायको मौलिक भेषभुषा तथा गरहनाहरु संकटमा परिरहेको देख्न सकिन्छ । खासगरि पश्चिमेली संस्कृतिको देखासिकीले नया पुस्तारुले आफ्नो मौलिक भेषभुषा भन्दा आधुनिक पहिरनमा सजिने गरेकोले यस्तो अवस्था आएको देखिन्छ ।

6पहिलाका थारु समुदायहरुले कसैको विवाह होस या कार्यक्रम होस त्यसबेला सेतो गुन्य, राटो बिलाउज या सेतो गुन्य, कालो बिलाउज, लहंगा, रंगिविरंी टुना भएको विलाउज त्यसैमा घाँटीभरी चाँदीका गरगहना, हातँमा माटोको लखौटी चुरा चाँदिका बाला अनि टाउको ढकियाले ढकमक फूल राखेर कार्यक्रममा सहभागि हुने गरेकाथिए । तर, अहिले त्यसो नभएर जिन्सको पाइन्ट, सुर्ता सुरुवाल लगाएर आउदा थारु समुदायको सहभागिता नै छैन कि भन्ने भान हुन्छ ।

4कुनै पनि जातिको पहिचान झल्काउन नै हो भने पहिला त्यो जातिको भेषभुषा अनिवार्य हुन्छ । आफ्ने भेषभुषामा सजिएर कार्यक्रममाा सहभागिहुदा छुट्टै थारु समुदायको पहिचान देखिन्छ । तर, पश्च्मिेली अर्थात आधुनिक पहिरनले थारु समुदायको पहिचानलाई समेत खतरामा पु¥याएको छ, त्यसैले थारु समुदायले यो विषयमा सोच्ने हो कि ।