काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज विहान निधन भएको छ । शाक्यको शनिवार बिहान पौने ९ बजे निधन भएको हो ।

marsalग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले जानकारी दिए ।

प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ ।