इन्द्रेणी संवाददाता
प्युठान, २२ जेठ
प्यूठानमा आजदेखि प्रदेश नम्वर ५ स्तरीय ‘मिडिया सम्मेलन’ शुरु हुँदैछ । धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्वारीको पूण्यभूमि प्युठानमा १२ जिल्लाका पत्रकार एवं संचारकर्मीहरुको जमघट छ ।

pyathnaस्वर्गद्वारी सहित जिल्लाका अन्य धार्मिक एवं पर्यटकीय गन्तव्यहरुको प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको आज उद्घाटन हुँदैछ ।

सम्मेलनमा करिव २ सय पत्रकारहरुको सहभागी रहेको मूल आयोजक समितिका संयोजक गिरुप्रसाद भण्डारीले जानकारी दिनुभयो । सम्मेलनमा दाङसहित प्युठान, रोल्पा, सल्यान, रुकुम, रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मीका पत्रकारहरु सहभागी भएका छन् ।

भिंगृ जलुकेमा आयोजना हुने कार्यक्रममा प्यूठानका प्रमुख गन्तव्यहरु समेटिएको ‘भिडियो डकुमेन्ट्री’ प्रस्तुत, श्रमजीवि पत्रकारहरुका पेशागत सुरक्षा लगाएतका विषयमा छलफल हुनेछ । यसैगरी, जिल्लाका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा संचारमाध्यमको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरिनेछ ।।