शंकर के सी
सल्यान, २२ बैशाख । नेकपा एमाले कपुरकोट गाउंपालिका सल्यानले जनलहरबाट आफ्नो पार्टी निकै उत्साहित भएको जनाएको छ । र एमालेले जनताको भावनालाइ आत्मसाथ गरेर समाज संग रहेको दुःख र गरिविलाइ समाप्त पार्दै समृद्ध कपुरकोट गाउंपालिका निर्माणमा सम्पूर्ण पार्टि पंक्ति लागी पर्ने पनी जनाएको छ ।
नेकपा एमाले कपुरकोट गाउंपालिका अन्तर्गत विभिन्न वडाहरुमा आयोजना गरिएको चुनावी सभालाइ सम्बोधन गर्दै एमालेका नेताहरुले अवको स्थानीय तहको चुनावमा आफ्नो पार्टिको जीत सुनिश्चीत रहेको दाबी गर्दै जनताको मतको कुनै पनि हालतमा कदर गर्ने जनाएका हुन् । विहिबार हिजो कपुरकोट गाउंपालिका वडा नम्बर ५ रीममा चुनावी सभा सम्पन्न गरेको एमालेले आज शुक्रबार वडा नम्बर २ दानवाङ, गर्पामा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतीथी तथा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य भद्रसिंह बुढाले आफ्नो पार्टिका उम्मेद्धार हरेक तरिकाले सक्षम, लगनशिल रहेकाले तथा एमालेको लोकप्रिय कार्यक्रमबाट आम जनता प्रभावित भएकाले अवको स्थानीय तहको चुनावमा एमालेको जितलाइ कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा एमालेको तर्फबाट कपुरकोट गाउ.पालिकाका उम्मेद्धार भिम बहादुर सेनले समृद्ध कपुरकोट गाउंपालिका बनाउने आफ्नो योजनालाइ सम्पन्न पार्नका लागी सम्पूर्ण मतदाताको भोट आफुलाइ आवश्यक रहेको जनाए ।
उनले कपुरकोट गाउंपालिकालाइ कृषि पर्यटनको केन्द्र बनाउने प्रतिवद्धता जनाउदै कृषि संग सम्बन्धीत उद्योगहरु स्थापना गरेर गाउंपालिका भित्रै सम्पूर्ण युवाहरुलाइ आत्मनिर्भर बनाउने योजना आफुसंग रहेको सुनाए । कार्यक्रममा उपाध्यक्ष पदका उम्मेद्धार तिला बबुढा, वडा नम्बर २ अध्यक्ष पदका उम्मेद्धार ओम बहादुर बुढा लगाएतकाले बोल्दै कतीपय दलहरुले सोझा साझा जनताको विचमा गएर एमालेले गरेका लोकप्रिय कामको जस लिइरहेको भन्दै सजग रहन आग्रह गरेका थिए ।