प्यूठान, २२ बैशाख । प्यूठानमा सडक सञ्जाल ४ सय ५ पुगेका छन् । यीमध्ये २ सय ३० ओटा ग्रामीण कच्ची सडक छन् । निर्माण पूरा भएका र निर्माणाधीन सडक सडक १ सय ७२ ओटा छन् । यस्तै, निर्माण सम्पन्न सडकको सङ्ख्या २२ नाघेको जिल्ला प्राविधिक कार्यालय प्यूठानले बताएको छ ।

795f0936cd4b5832144eda4e2b82881e जिल्लामा नयाँ ट्र्याक खोलिएका सडकको सङ्ख्यासमेत धेरै छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दर्जनौं सडकको निर्माण कार्य भइरहेको छ । यद्यपि, निर्माण पूरा भएका ग्रामीण सडकमा वर्षको ६ महीनाभन्दा बढी सवारीसाधन सञ्चालन नहुने पाइएको छ । केही वर्षअघिसम्म जिविसको सहयोगमा खनिएका सडकको मर्मत–सम्भार र विस्तार गरी बाह्रै महीना सञ्चालन हुनेगरी निर्माणका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनामा जिल्लाका ग्रामीण सडकलाई प्राथमिकता दिइएको छ ।

आव २०७२र७३ देखि गुरुयोजना बनाई काम शुरू गरिएको जिल्ला प्राविधिक कार्यालय प्यूठानका प्रमुख जिल्ला इञ्जिनीयर सुरेन्द्र घिमिरेले बताए । ‘सडक स्तरोन्नतिका लागि जिविस गुरुयोजनासहित अघि बढेको छ,’ उनले भने, ‘जिल्लाका ग्रामीण सडक वर्षको बाह्रै महीना सञ्चालन गर्ने लक्ष्य लिएका छौं ।’ जिविसमार्फत बनाइएको जिल्ला यातायात गुरुयोजनामा विद्यमान सडकको अवस्था, आगामी ५ वर्षभित्र निर्माण गरिने सडकको योजना र उपलब्धिजस्ता विषय समेटिएका छन् । ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने, मुख्य राजमार्गसम्म आउने, ग्रामीण बजार भएर आएका, पर्यटकीय, व्यापारिक, कृषि तथा सबै भूगोललाई समेट्न सक्ने सडकलाई समेटिएको जिविसले बताएको छ ।

निर्माण गरिएका केही सडकलाई पनि गुरुयोजनामा समेटिएको छ । अधिकांश स्थानमा सर्वेक्षण तथा प्राविधिकबिना नै सडक निर्माण गर्दा पहिरो र भूक्षयको खतरा बढेको र सडकको अवस्थासमेत राम्रो नभएकाले यसलाई व्यवस्थित गर्न सडक गुरुयोजना तयार गरिएको जिविसले बताएको छ । जिल्लाभित्र अहिलेसम्म २ सय ३० किलोमिटर बढी ग्रामीण र कृषि सडक बनिसकेको छ । जिल्लामा भएका सडक सञ्जाल विस्तारमा हालसम्म २ अर्बभन्दा बढी रकम लगानी गरिसकिएको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका साविक सबैजसो गाविसलाई सडकले छोए पनि यी सडक व्यवस्थित नहुँदा वर्षभर सवारी चल्न सक्दैनन् । प्यूठान–भालुवाङ सडकखण्डबाहेक कालोपत्र भइसकेको बाग्दुला–दम्ती ४ किलोमिटर किलोमिटर सडकमा पनि बाह्रै महीना सवारी सञ्चालन हुन्छन् । सडक सञ्जालको विस्तारसँगै एक जिल्लाबाट अर्को जिल्ला आवागमनमा समेत सहज भएको छ ।

जिविस तथा सांसद विकास कोषको लगानीमा खनिएका भिङ्ग्री–स्वर्गद्वारी, बाग्दुला–बहाने हुँदै डाम्री–लिघा–खबाङ, बड्डाँडा–ऐरावती र बड्डाँडा–हात्तीखाललगायत ग्रामीण तथा कृषि सडक खण्डमा बर्खामा ट्र्याक्टरसमेत चल्न सक्दैन । अभियानमा खबर छ । सडकको विस्तारसँगै गाउँ–गाउँमा ग्रामीण बजार र व्यापारिक केन्द्रहरूको विकास हुँदै गएको छ । एउटै गाउँका तीन–चार स्थानमा सानासाना बजारहरू स्थापना हुँदै गएका छन् ।