शरद रेग्मी
तुलसीपुर २२ वैशाख । तुलसीपुरका युवा व्यवसायी यज्ञ वहादुर केसीले आफ्नो जन्म दिनको अवसरमा अनाथ वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

y2तुलसीपुर उपमहानगरपालिका विजौरीस्थित असहाय वालविकास नेपाल दाङमा रहेका १० जना अनाथ वालवालिकाहरुलाई कापी, कलम, स्कुल व्याग वितरण गर्नुका साथै उनीहरुलाई आज विहानको खाजा खुवाएका हुन् । सामाजिक सेवामा रुची राख्ने केसी आफ्नी आमा र धर्मपत्नी सहित अनाथ वालवालिकाहरुलाई सहयोग गर्न त्यहाँ पुगेका हुन् ।

तुलसीपुर उद्योग वाण्ीिजय संघका वरिष्ठ सदस्य समेत रहेका युवा व्यवसायी केसीले वालवालिकाहरुको शिक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक हेरचाह र संरक्षणका लागि विभिन्न निकायसंग समन्वय गर्ने समेत वताए ।