काठमाण्डौ, २२ जेठ
भुमध्येसागरमा आप्रवासी चढेको एउटा डुंगा डुब्दा ९ जनाको ज्यान गएको छ । तीन सय ४० जनाको जीवितै उद्धार गरिएको ग्रिसका अधिकारीले बताएका छन् । ग्रिसको क्रेट द्धिपबाट एक सय ४० किलोमिटर दक्षिण तर्फको समुद्रमा डुंगा डुबेको हो ।
डुंगामा रहेका अरु मानिस अझै बेपत्ता रहेको र खोजी भइरहेको ग्रिसका सरकारी अधिकारीले बताएका छन् । उद्धार तथा राहतका लागि विमान, पानी जहाज र हेलिकप्टर प्रयोग गरिएको छ ।
क्रेट द्धिपको तटमा डुबेको डुंगा अफ्रिकाबाट आप्रवासी लिएर छुटेको हुन सक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म डुंगा कहाँबाट छुटेको थियो भन्ने यकिन भएको छैन ।
२५ मिटर लामो डुंगामा कम्तिमा सात सय जना चढेको हुन सक्ने आप्रवासीका लागि अन्तर्रा्ष्ट्रिय संस्थाले जनाएको छ । अर्को घटनामा लिबियाको तटमा एक सय भन्दा धेरैको शव फेला परेको समाचार संस्था एपीले जनाएको छ । यो वर्ष मात्रै अहिलेसम्म समुद्री मार्ग भएर युरोप प्रवेश गर्न चाहने २५ सय भन्दा धेरैको ज्यान गइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।।
– एजेन्सीको सहयोगमा