इन्द्रेणी संवाददाता
काठमाडौं, जेठ २२
देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० जना भन्दा बढीको ज्यान गएको छ । पाँचथरमा मात्रै दर्जनको हारहारीमा च्याउ खाँदा ज्यान गइसकेको छ ।

chyauयस्तै च्याउको तरकारी खाँदा अन्य भागका व्यक्तिले पनि ज्यान गुमाएका छन ।

यसैविच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान अनुरोध गरेको छ । महाशाखाले विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट ज्यान जाने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।

महाशाखाले व्यावसायिक रुपमा किसानले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ । पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट ज्यान जाने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ ।।