संखुवासभा, जेठ २१–सामान्य विवादमा मामाको हात दुईटुक्रा पारेर भागेको आरोपमा संखुवासभा स्याबुन–९ का २६ वर्षीय सन्तोष दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरीका डीएसपी गौतमकुमार केसीका अनुसार दाहालले ४२ वर्षे दिलबहादुर तामाङको हात बिहीबार राती तरवारले काटेर दुई टुक्रा बनाएका गाउँलेले बताएका छन् ।

arrest-358x300घरमा सामान्य विवाद भएपछि रातको १० बजे दिलबहादुरका माइली दिदीका छोरा सन्तोषले उहाँको हात दुई टुक्रा बनाएका हुन् । घाइते दिलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार थप उपचारका लागि काठमाडौं लगिएको छ ।
विवाद के कारणले सुरू भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनायो । दुई टुक्रा भएको हातसहित दिलबहादुरलाई गाउँलेले अस्पताल ल्याएका थिए । पक्राउ परेका दाहालको साथबाट तरवारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।