दिपक बोहरा
तुलसीपुर (दाङ), २८ चैत । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र मधेसी मोर्चा चुनाब भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् । जनताको पक्षमा देशकै उत्कृष्ट संबिधानलाई पूर्णता दिन तीनै तहको निर्बाचन अपरिहार्य रहेको भन्दै उनले चुनाब भाँड्ने खेलमा नलाग्नसमेत आग्रह गरे ।
नेपाली काग्रेस प्रदेश नं. ५ ले दाङको तुलसीपुरमा आज सोमवार आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै देउबाले राष्ट्रिय मेलमिलाप नै राष्ट्रबाद हुने भन्दै मधेसलाई उचालेर पहाडको बिरुद्धमा आवाज उठाउन लगाउने र पहाडीलाई उचालेर मधेशको बिरुद्धमा आवाज उठाउन लगाउनु राष्ट्रघाती भएको बताए ।
स्थानीय तहको चुनाब नजिकिदै गर्दा जनता भड्काएर चुनाब हुन नदिने खेल भईरहेको उनको भनाइ थियो । उनले अहिले एमाले र मधेसीमोर्चाले राष्ट्रलाई घात गर्न खोजेको भन्दै सबै नेपाली एकजुट हुनु पर्नेमा जोड दिए । उनले भने‘ मधेस र पहाड बिभेद ल्याउन एमाले र मधेसी मोर्चा लागि रहेका छन् ।’ उनले जातिय तथा क्षेत्रीय नाममा बिरोध गर्नु राष्ट्रका लागि ठुलो घात हुने बताए । उनले भने‘ मधेस, पहाड र हिमालमा बस्ने सबै नेपाली हौं, सबै नेपालीको भावनालाई कदर गर्नु पर्छ ।’ साथै उनले पार्टीका अन्तरघाती र बिरोधीलाई सधैका लागि पार्टीबाट निस्कासन गर्नुपर्ने बताए । उनले पार्टीले टिकेट नदिएको नाममा बागि उम्मेदवारी दिने तथा अर्कै पार्टीलाई भोट दिने कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी सधैका लागि निस्कास गर्न काग्रेस प्रदेश नं. ५ लाई निर्देशन दिएका छन् ।
भेलामा बिशिष्ट अतिथि काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै धर्मलम्बी, जातजाती रहेको मुलुकमा कुनै एक धर्मको नाममा नारा लगाउनु लोकतन्त्र बिरोधी भएको बताए । सबै धर्मलम्बी मिलेर बसेको नेपालमा कुनै एक धर्मको देश बनाउन नसकिने उनले बताए । साथै उनले स्थानिय तहको निर्बाचनमा उम्मेदवारी बनाउदा उसले समाजमा पु¥याएको योग्दान, लोकपृयता, कार्यकुसलता र योग्दानका आधारमा टिकेट दिनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा महामन्त्री शशांक कोइरालाले नेपाललाई सम्बृद्धि बनाउने बिपिको सिद्धान्दलाई पूर्णता दिन अबको राजनीति केन्द्रित हुनुपर्ने बताए । यस्तै पुर्बमहामन्त्री कृष्णाप्रसाद सिटौलाले राजनीतिक दलहरुबीचमा आरोप प्रत्यारोप गरेर भन्दा पनि जनतामाझ लोकपृय बन्ने खालका नीति तथा कार्यक्रम लिएर जानुपर्ने बताए ।
भेलामा पुर्बसुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, सिंचाई मन्त्री दीपक गिरी, केन्द्रिय सदस्य तथा सांसद पार्बती डिसी चौधरी, सांसद रामकृष्णा यादब, बुद्धिराम भण्डारी, डिल्लीबहादुर चौधरी, राजु खनाल, अनिता देबकोटा, शुसिला चौधरीलगायतले सम्बोधन गरेका थिए ।