सुशील बस्नेत
तुलसीपुर (दाङ),२६ चैत । प्रधानन्यायाधीश सुशीला कार्कीले हरेक क्षेत्रमा राजनैतिक प्रभाब देखा परेकाले मूलुकको सम्बृद्धि हुन नसकेका बताएकी छिन् । ‘हरेक क्षेत्रमा भागवण्डाको राजनीति हुन्छ जसका कारण नेपालले सम्बृद्धि गर्न सकिरहेको छैन’ कार्कीले भनिन् ।

sushila-karkiउच्च अदालत तुलसीपुरमा आज शनिबार आयोजित मेलमिलाप सम्बन्धी अन्तत्र्रिmयामा बोल्दै प्रधानन्यायाधीश कार्कीले राजनैतिक प्रभाब र भागवण्डाको राजनीति अन्त्य हुनुपर्ने बताइन् ।

उनले सामाजिक रुपमा समान हेराई र ब्यबहार गर्न सकियो भने पछाडी परेका नागरिकको उत्थान हुने बताइन् । अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली ब्यबहारमा समेत परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । झण्डै ५÷७ प्रतिशत शहरिया ब्यक्तिको मात्र अदालतसम्म पहुँच हुन सकेको उल्लेख गर्दै उनले मुद्दाको फैसलाको अर्काे विकल्प मेलमिलाप प्रक्रिया भएको र अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको बताइन् ।

कार्यक्रममा न्यायपरिषद्का सदस्य पदम बैद्यिकले मेलमिलाप एउटा औजार भएपनि यसलाई समुदायमा अझै प्रभाबकारी रुपमा लैजान नसकेको विचार व्यक्त गरे ।