घोराही (दाङ), २६ चैत । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर—१७ मा आस्था बुढाको अध्यक्षतामा ४४ सदस्यीय नेपाल महिला क्रान्तिकारी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
परिचालन कमिटीको उपाध्यक्षमा रमा वली, सचिवमा देवा चौधरी, कोषाध्यक्षमा सुशीला पोखरेललाई रहेको छन् । त्यसैगरी भेलाले सुरेश कवरको अध्यक्षतामा ५१ सदस्यीय बाइसिएल कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र चौधरी, सचिवमा रुपेश थापा र कोषाध्यक्षमा प्रेमबहादुर कुमाललाई चयन भएका छन् ।
वडा प्रमुख तथा इञ्चार्ज प्रमोद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा रेमन्ता पुनले स्वागत गरेका थिए भने सहजीकरण खुसीराम चौधरीले गरेका थिए ।










