दाङ, २६ चैत । माओवादी केन्द्र निकट अखिल नेपाल टे«डयुनियन प्रदेश नं. ५ को बैठक लमहीमा सम्पन्न भएको छ ।

बैठकले यही बैसाख १८ गते १२८ औ मजदुर दिवस भव्यरुमा मनाउने निर्णय गरेको छ । ट्रेडयुनियन महासंघका प्रदेश नं. ५का अध्यक्ष दानबहादुर वलीको अध्यक्षता एवं पार्टीका माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य एवं मजदुर फ्याक्सन ईन्चार्ज जगप्रसाद शर्मा ‘अपार’को प्रमुख आतिथ्थयमा बैठक सम्पन्न भएको थियो ।

बैठकले बैसाख ३१ गते हुने स्थानिय निकायको चुनावमा माओवादीका केन्द्रका उम्मेदरवारलाई विजयी गराउन गाउपालिका ,नगरपालिका उपमहानगरपालिका स्तरका कार्यक्रम समेत तिव्ररुपमा अगाडी बढाउने निर्णय गरेको छ ।

त्यसका साथै बैठकले महासंघका आवद्ध सदस्यहरुलाई स्थानिय निर्वाचनमा सम्भावित गाउपालिका, नगरपालिका र उपमहानगरपालीका बाट उम्मेदवारको तयारी गर्नै समेत निर्णय गरिएको छ । बैठकलाई सम्बोधन गर्दै शर्माले स्थानिय निकायको निर्वाचनका लाग्न निर्देशन दिए ।

feature0देश माओवादीको एजेण्डामा अगाडी बढी रहेको बताउँदै बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन कुनै हालमा भएरै छाड्ने उल्लेख गरे ।