जाजरकोट, २० जेठ ।
जिल्ला सदरमुकाम खलंगामा विहीवार आयोजित अन्तरक्रिया कार्यक्रममा संगठनको निसानामा सिविएस वोर्डिङहरु परेको अखिल (क्रान्तिकारी) ले वताएको छ । विद्यार्थीहरुवाट महङ्गो शुल्क उठाएर नाफामुखी शैक्षिक व्यापार गर्ने, भारतिय पाठ्यक्रम पढाए नेपाली राष्ट्रिय नै हट्पन खोज्ने दलाली शिक्षण संस्था भएको भन्दै सिविएस वोर्डिङहरु संगठनको निसानामा परेको अखिल क्रान्तिकारीले वताएको छ ।
विहीवार सदरमुकाम खलंगामा अखिल (क्रान्तिकारी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले संगठनले सञ्चालन गरेको संघर्षको निसानामा नेपालमा सञ्चालित सिविएस वोर्डिङ र शैक्षिक परामर्शदाताहरु पर्ने वताउनुभयो ।
नेपालमा हाल विभेदकारी शैक्षिक नीति भएको भन्दै अध्यक्ष सिंहले अखिल (क्रान्तिकारी) ले नेपालको कर्पोरेट शिक्षा प्रणालीका विरुद्ध सशक्त संघर्ष गर्ने उहाँको भनाइ छ । शिक्षामा आमुल परिवर्तनका लागि आम सुधार संगठनको शैक्षिक नीति रहेको चर्चा गर्दै अध्यक्ष सिहंले युनिभरसिटीका लेक्चरहरुले विश्व विद्यालयमा हाजिरी लगाएर नीजि विद्यालय सञ्चालन गर्ने गरेको खुलासा गर्नुभयो ।
अध्यक्ष सिंहले सवै नीतिको माओ नीति राजनीति भएको हुदा शैक्षिक नीतिमा आमुल परिवर्तन गर्नका लागी देशको राजनीति पनि परिवतर्न हुनु पर्नेमा जोड दिनुभयो । राजनीति परिवर्तन एकीकृत जनक्रान्तिवाट मात्र सम्भव भएको सिंहको ठोकुवा छ । एकीकृत जनक्रान्तिको आधारभुत शक्ति नै मध्यवर्ती वर्ग र तप्का भएको हुदा यसमा सवैले साथ दिन आग्रह गर्नुभयो । संगठनले तय गरेको कार्यक्रम अनुसार जाजरकोट पुगेका अध्यक्ष सिंहले शैक्षिक व्यापारवाट आर्जन गरेको अकुत सम्पतिवाट सत्ता र संसद खरिद गर्ने गरेको वताउनुभयो ।।
