दीपबहादुर घर्ती
जाजरकोट÷सुर्खेत, २१ जेठ ।
सुर्खेत विरेन्द्रनगर नगरपालीका वडानं. १७ ईटौरामा शिक्षण पेशालाई छोडेर २०६६ सालदेखी पुजा ठकुरीले गाई फाराम सञ्चालन गर्नुभयो । चितवनको रामपुर क्याम्पसवाट विएसी अध्ययन सकाउनुभएका श्रीमान दिपेन्द्र कार्की र पुजा विचको सल्लाहले आफ्नै लगानीमा गाई फाराम सञ्चालन गर्नुभएको हो ।
३५ लाख लगानी गरेको कार्की गाई भैसी फाराम नाम राखेर जिल्ला पुश सेवा कार्यालयमा दर्ता गराइएको छ । शिक्षण पेशा छोडेर गाई भैसी फाराम सञ्चालन गरेकी पुजाको फाराममा ३२ वटा गाई र ३ वटा भैसी छन । कृषि जेटीएको पढाई भ्याएकी पुजाले सञ्चालन गरेको फारामवाट आफु सन्तुष्ट रहेको वताउनुभयो ।
३५ जिउ गाई, भैसीलाई घाँस, कुरो गरिरहेकी पुजाले आफुलाई धेरैले धन्यवाद दिएको तर आफ्नो फारामको समस्या कसैले नवुझेको वताउनुभयो । हौसला र धन्यवादले मात्र नमुना गाईफारामा वनाउन नसकिने पुजाले ठोकुवा गर्नुभयो । ३५ जिउ गाई भैसीको मल मुत्र त्यतिकै खेर गईरहेको छ । जैविक विषादी मल उत्पादन गरेर विक्री हुने ठाउँ नभएकोे भन्दै, कुनै निकायले मलको वजार व्यवस्थापन गरिदिए मात्र पनि आफ्नो फारामको स्तरवृद्धी हुने पुजाको भनाई छ ।
व्यवसायिक रुपमा सञ्चालन गरिएको फाराममा ७० वटा गाई भैसी भएपनि पाल्न सक्ने आफुसंग आँट भएको धारणा पूजाले व्यक्त गर्नुभयो । सिजनमा दैनिक एक सय ५० लिटर र अफसिजनमा दैनिक ९० लिटर दुध करेखोला दुधडेरी सहकारीलाई दिने गर्नुभएको छ । नेपालमा जर्सी गाई पालन जंगबहादुर राणाको पाला देखी सुरु गरिएको गाई विज्ञहरुले वताएका छन् ।
नेपालको मध्य पहाडका लागी २०३८÷०३९ सालमा पशु सेवा विभागले जर्सी गाई पालनको लागी सिफारिस गरेको थियो । सानो साईजमा रहेको धेरै दुध दिने जातको रुपमा जर्सी गाईलाई लिने गरिएको छ । दुध मानव जीवनको लागी सन्तुलित आहार भित्र पर्ने गरेको छ । अनिवार्य दुध पिउनले मान्छेको शरिरमा पूर्ण पोषण पाईने वताईएको छ । दुधवाट मान्छेको शरिरमा अनिवार्य रुपमा चाहिने कार्वोहाईड्रेट, प्रोटिन, खनिज, भिट्टामिन, फ्याट र पानी जस्ता तत्वहरु पाईने वताईएको छ ।।