इन्द्रेणी संवाददाता
दाङ २१ जेठ
जनता प्रावि काउली चौर सैघा ७ मा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विहीवार भएको भेलाले दलबहादुर खत्रीको अध्यक्षतामा नयाँ विव्यस गठन गरेको हो ।

featureसमितिको सदस्यमा विरबहादुर नेपाली, विष्णी सवाई, महिला सदस्यमा सुनिता कामी, चन्दादातावाट टंक रोका, संस्थापकवाट निमबहादुर घर्ती, शिक्षाप्रेमीवाट केशरबहादुर पुन, शिक्षक प्रतिनिधि कमला देवकोटा छन् ।

समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटा रहनुभएको छ । यसैगरेर भिमबहादुर रावतको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ ।

समितिको सदस्यमा विणा पुन, लोकबहादुर नेपाली, कृष्णी थापा, शान्ति थापा, मञ्जु देवकोटा, खिमा सवाई, कमला रावत, पार्वती कुमार रोका, दलबहादुर खत्री र कमला देवकोटा रहनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर खत्रीको अध्यक्षता एवम विद्यालय निरिक्षक विष्णु पन्थीको प्रमुख आतिथ्यमा भेला भएको थियो ।।