घोराही, चैत्र २० । पेटमा मासु पलाएर थलिनु भएकि साविक शैघा हाल घोराही उपमहानगरपालिका वडा नम्बर १९ निवासि गरीव तथा विपन्न विष्णु विकको निशुल्क अप्रेसन हुने भएको छ । पेटमा मासु पलाएपछि लामोसमयदेखि विरामि रहनु भएकि विकको राप्ति उपक्षेत्रीय अस्पतालमा निशुल्क अप्रेसन हुन लागेको छ । राप्ति उपक्षेत्रीय अस्पताल विकास समितिका सदस्य युवा नेता दिपक पाण्डेको पहलमा उपक्षेत्रीय अस्पतालमा पेटमा पलाएको मासुको निशुल्क अप्रेसन हुने भएको हो ।
आर्थिक अभावका कारण उहाको करीव ५ वर्षदेखि पेटमा पलाएको मासुको अप्रेसन हुन सकेको थिएन् । अप्रेसन गर्दा धेरै रकम लाग्ने भएका कारण आफुले उपचार गर्न नसकेको विकले बताउनु भयो । राप्ति उपक्षेत्रीय अस्पताल विकास समितिका सदस्य युवा नेता दिपक पाण्डेको पहलमा उपक्षेत्रीय अस्पतालमा पेटमा पलाएको मासुको निशुल्क अप्रेसन हुने भएको हो ।
उपचार गर्न करीव ९० हजार लाग्ने भएकाले आफुले उपचार गर्न नसकेको उहाले बताउनु भयो । शिक्षक बसन्त सेजवालले पेटमा मासु पलाएर वर्षौदेखि विरामि रहनु भएकि विकलाई उपक्षेत्रीय अस्पतालमा लिएर आएपछि अस्पताल विकास समितिका सदस्य पाण्डेले पहल गरेर विपन्न परीवार विकको निशुल्क अप्रेसन गर्ने ब्यवस्था मिलाउनु भएको हो । गरीव तथा विपन्न परीवारको निशुल्क उपचार गर्ने सरकारी कार्यक्रमलाई ब्यावहारीकरुपमा कार्यान्वयन गर्न आफुले उहाको उपचारको ब्यवस्था मिलाएको र आउदा दिनमा असहाय, दुखिहरुको निशुल्क उपचार गर्न अस्पताल परीवार तयार रहेको बताउनु भयो ।
‘शिक्षक बसन्त सेजुवालले पेटमा मासु पलाएर वर्षौदेखि उपचारवाट बञ्चित हुनु भएकि शैघाकि विष्णु विकलाई लिएर मकहाँ आउनु भयो, आर्थीक अभावका कारण रोग लुकाएर बसेको भनेपछि मलाई साह्रै दुख लाग्यो–पाण्डेले भन्नुभयो–‘मैले तत्कालै अस्पतालका निमित्त मेसुलाई भेटेर उहाको निशुल्क उपचार गर्न भने र उहाले सहर्ष स्विकार गर्नुभयो, अव उहाको निशुल्क अप्रेसन हुने भएको छ।’ अप्रेसनमा लाग्ने खर्च अस्पताल विकास समिति र अस्पतालले वेर्होर्ने सदस्य पाण्डेले बताउनु भयो । साथै विक निशुल्क अप्रेसनका लागि अस्पतालमा भर्ना भइसक्नु भएको छ । निशुल्करुपमा उपचारको ब्यवस्था मिलाउने अस्पतालका निमित्त मेसु डा।जनाद्र्धन पन्थिलाई सदस्य पाण्डेले धन्यवादसमेत दिनु भएको छ ।