गोविन्द खडक
घोराही, २० चैत । घोराही हस्पिटल प्रालिको पा“चौ साधारण सभा शनिवार सम्पन्न भएको छ । अस्पताल समितिका अध्यक्ष चन्द्रज्योति बुढामगरको अध्यक्षता एवं अस्पतालका प्रमुख सल्लाहकार, नेपाल औषधि व्यवसायी संघ राप्ती अञ्चल शाखा अध्यक्ष भुवनेश्वर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

feature0अस्पतालको प्रगति र आगामि योजना पेश गर्दै प्रबन्धक भेषराज भण्डारीले निकट भविश्यमै फार्मेसी ईन डिप्लोमा र ल्याव टेकनेशियन कलेज स्थापना गर्न लागेको जानकारी दिनुभयो । प्रबन्धक भण्डारीले कलेजका लागि जग्गा खरीद भैसकेको र अरु पुर्वाधार निर्माणमा लागेको बताए ।

कार्यसमितिका सदस्य गोपाल गिरीको स्वागत बाट शुरु भएको कार्यक्रममा अम्विकेश्वरी कलेजका प्रमुख चन्द्र प्रकाश खनाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठल अस्पतालका कानुनी सल्लाहकार ठाकुर प्रसाद गिरी, शेयर सदस्य विष्णु प्रसाद पौडेल, सदस्यहरु बेगम चन्द, धर्म बहादुर घर्ती, जम्किलाल रोका लगाएतले आफ्नका धारणा राखेका थिए ।