इन्द्रेणी संवाददाता
सल्यान , १९ चैत
सल्यानका एक कैदीले जिल्ला कारागारबाटै एसएलसी परिक्षा दिएका छन् । चारवर्षदेखि कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागार सल्यानमा कैदी जिवन विताइरहेका कोटमौला ६ सल्यानका कमानसिङ डाँगीले जिल्ला कारागारबाटै परिक्षा दिएका हुन ।
सल्यानको एक परिक्षा केन्द्रमा जिल्लाको एक अस्पतालले निशुल्क औषधि र एम्वुलेन्सको व्यवस्था गरेको छ । परिक्षा अवधिमा कुनै परिक्षार्थि तथा परिक्षामा खटिएका कर्मचारी विरामी परेमा केन्द्रमै स्वास्थयकर्मि सहित औषधिको व्यवस्था गरिएको केन्द्राध्यक्ष विर बहादुर सेजवालले बताउनुभयो ।
अस्पतालले केन्द्रमा उपचारको हुन नसक्ने गरी विरामी हुनेलाई पनि परिक्षा अवधिभर निशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएको उहाँले बताउनुभयो । जिल्लामा यस वर्ष एसएलसि परिक्षा दिने परिक्षार्थिहरुलाई सवै परिक्षा केन्द्रमा टिका लगाएर स्वागत गरिएको छ ।
सल्यानबाट यस वर्षको एसएलसि परिक्षामा २४ परिक्षा केन्द्रबाट ६ हजार ९ सय १ परिक्षार्थिले परिक्षा दिएका छन् । २४ मध्ये ३ परिक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् । परिक्षाकेन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको शिवजन क्याम्पसकी केन्द्राध्यक्ष जिवनी रावतले बताउनुभयो ।
यसैविच एसएलसी परीक्षामा चेक गरेको भन्दै जाजरकोटको पैंक परीक्षा केन्द्रमा स्थानीय बासिन्दाले ढुंगा हान्दा एक प्रहरी घाइते भएका छन् । जनता उच्च मावि पैंक केन्द्रमा प्रवेश गर्दा विद्यार्थीलाई चेकजाँच गरेर चिट खोसेको भन्दै स्थानीय बासिन्दाको ढुंगा प्रहारबाट प्रहरी जवान अमर नेपालीको दाँत झेरेको जिल्ला प्रहरी प्रमुख दानवहादुर मल्लले बताउनुभयो ।।
