इन्द्रेणी संवाददाता
चैत्र,  १९ ।  भारतको कोलकातामा आकासे पुल भत्किँदा मृत्यु हनुको संख्या १४ पुगेको छ । एक निर्माणाधीन पुल भत्किँदा मर्नेको संख्या १४ पुगेको छ भने घाइते हुनेहरुको संख्या ७८ रहेको छ । उक्त दुर्घटनामा अझै डेढ सय जना पुलको भग्नावाशेषमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
12921001_1777305802515683_719480553_n (1)उद्धारका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । मूख्यमन्त्री ममता बनर्जी मिदानपुरमा हुने आफ्नो र्याली रद्द गर्दै घटनास्थलमा पुगेकी छन् । राज्य सरकारले यो दुर्घटनामा मारिएका व्यक्तिका परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । गम्भीर घाइते भएकाहरुलाई जनही दुई लाख रुपैयाँ उपचार खर्च दिने घोषणा बनर्जीले गरेकी छन् ।

समाचार अनुसार कोलकाताको उत्तरी गणेश टाकिज (गिरिश पार्क) नजिकै निर्माण भइरहेको एक पुल अचानक ढलेको हो । यो पुल सबैभन्दा बढी मानिस जम्मा हुने सहरी क्षेत्रमा बनिरहेको थियो । उद्धारका लागि प्रहरी, सेना र इन्जिनियरको टीम पनि जुटिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केको घटनामा मारिएकाहरु प्रति दुउबअmबल झयतष्अयल ब्यक्त गर्दै उद्धारलाई तीब्र दिन आग्रह गरेका छन् ।।