जनक नेपाली

तुलसीपुर ३ श्रीगैमा एक दलित दम्पति माथी भएको जातीय विभेदको घटनाको सत्यतथ्य बुझ्नका  लागि छानविन समिति गठन गरिएको छ । संयुक्त राजनितिक संघर्ष  समिति दाङका सदस्य एवं नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा दाङका अध्यक्ष जगत दलामीको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जातीय मुक्तिसमाज दाङका अध्यक्ष चुर्णपरियार, नेपाल दलित संघका महाधिवेसन प्रतिनिधी लोका विश्वकर्मा , समता समाजका छवि विक र नेपाल पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली रहनुभएको छ ।

20160328_223153

संयुक्त राजनितिक दलित संघर्ष समितिका उपसंयोजक मानबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठक ले हप्ता भित्र आफ्नो प्रतिवेदन सार्वजनिक  गर्ने छानविन समितिका सदस्य एवं संयुक्त राजनितिक दलित संघर्ष समिति दाङका प्रचार प्रसार विभाग प्रमुख जनक नेपालीले जानकारी दिनुभयो ।

अध्ययनको सिलसिलामा तुलसिपुर –३ श्रीगैका सिता भण्डारीको घरमा बस्दै आएका रोल्पा नुवागाउँका–६ का  नन्दु विक र भीमा विकलाई दलित भएकै कारण कोठाबाट निकाल्दै उनिहरु बसेको कोठा चोख्याउन भन्दै चैत १६ पुजापाठ गरिएको घटनाको सत्र्सना गर्देै दोषीमाथि कारवाहीको माग गरिएको छ।