parekकञ्चनपुर, २० जेठ |  कञ्चनपुरको ब्रह्मदेव नजिक महाकाली नदीमा आज अन्दाजी ६५ वर्षीया महिलाको शव फेला परेको छ ।

नदीको भारततर्फको किनारामा शव बगेर आउँदै गरेको अवस्थामा देखिए पछि भारतीय प्रहरीले शवबारे नेपाल प्रहरीलाई खबर गरेको हो ।

नेपाली महिलाको शव बगेर आएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी नायब निरीक्षकको संयोजकत्वमा टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए।

“बगेर आएको महिलाले हातमा बाला लगाएको र कानमा सुनको गहना रहेको टोलीले खबर गरेको छ” उनले भने । स्थानीय बासिन्दाले फेला पारेको शव त्यस क्षेत्रको नभएको बताएकाले पहाडी क्षेत्रबाट शव बगेर आएको हुनसक्ने उनले बताए ।
रासस