शान्त कुमार बुढा मगर
20160602_134809जेष्ठ २०, घोराही । त्रिपुर नगरपालिकाका कार्याकारी अधिकृत कमान सिं थापाले केहि दलहरुको मिलेमतोमा त्रिपुर नगरपालिकाको भवन अन्यत्रै त्रिपुर ५ दोत्रेनामा वनाउन लागेको भन्दै त्रिपुर वासीहरु आज आन्दोनमा उत्रिएका छन् । साविककै स्थानमा नगरपालिकाको कार्यालय हुनुपर्ने र जनताको भावना विपरित कार्यगर्ने नगरपालिकाका कार्याकारी अधिकृतलाई कार्वाही हुनुपर्ने माग राख्दै त्रिपुर वासिहरुले घोरही वजारमा विरोध ¥याली निकालेका छन् । घोराहीको वाल मन्दिर वाट सुरु गरिएको विरोध ¥याली दामोदर चोक, तुल्सिपुर चोक सहद गेट, जिल्ला विकास हुदै जिल्ल प्रशासनमा गएर विरोध ¥याली कोणसभामा परिणत भएको थियोे । “साविकको नारायणपुर गा.वि.स.कार्यालय रहेको स्थानमा नगरपालिकाको केन्द्र स्थापना गर नेपाल सरकारो निर्णयलाई लागू गर” भन्ने मुल नाराका साथ विभिन्न नारा लेखेको प्लेकार्ड सहित त्रिपुरवासी जिल्ला प्रशासनमा पुगेका थिए । केहि वेर नारा वाजी पछि कोण सभामा परिणत भएको सभामा वोल्ने वक्ताहरुले आर्थिक 20160602_135359चलखेल र दलिय स्वार्थका कारण त्रिपुर नगरवासीहरु आन्दोलित हुनपरेको वताएका थिए । कार्यक्रममा वोल्दै त्रिपुर नगर विकास अध्यक्ष प्रकाश न्यौपानेले कार्यकारी अधिकृतले लत्याएको र यसमा कही कतै आर्थिक चलखेल हुन सक्ने वताउनुभयो । त्यस्तै  नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव वद्री खड्काले विभिन्न समयमा ध्यानाकर्ष गराउदा पनि सम्वन्धित निकायले चासो नदिएको र अझै आफ्ना माग वेवास्ता गरेभोलि देखि सवैको कानमा यो खवर पु¥याउन सिती ¥याली, अनि त्यसले पनि नभए चस्मा अन्दोलन गर्नै चेतावनि दिनुभयो । कार्याक्रमका संयोजक चित्र वहादुर डाँगिले जिल्ला प्रशासनले लिखित प्रतिवद्धता नजनाए सम्म आन्दोलन चलिरहने वताउनुभयो । उहाले जन भावना नवुझ्ने कार्याकारी अधिकृतलाई तुरुन्त पद छोड्नु पर्ने वताउनुभयो । कार्यक्रम पश्चात नगरवासिको एक टोलीले जिल्ला प्रशासन प्रमुख दिपक काफ्ले समक्ष ज्ञापन पत्र वुझाएका छन् । ज्ञापन पत्र वुझ्दै  जिल्ला प्रशासन प्रमुख काफ्लेले आफुले यस वारे सवै संग छलफल गरिरहेको र अझ गम्भिर भएर छलफल अगाडी बढाउने वताउनुभयो । ज्ञापन पत्रलाई सम्वन्धीत मन्त्रालय सम्म पु¥याने र छिटो भन्दा छिटो समस्या समाधान तर्फ लाग्ने वताउनुभएको थियो ।