एजेन्सी, १३ चैत । वैज्ञानिकहरूले विद्युत् उत्पादन गर्न सकिने किसिमको रूख बनाएका छन् । यसअघि पात, फल र फूलबाट बिजुली निकाल्न सकिने कुरा पत्ता लागिसकेको अवस्थामा विद्युत् उत्पादन गर्न सकिने रूखको समेत पहिचान भएको हो ।

treeवैज्ञानिकहरूले अहिले विकास गरेको कृत्रिम रूखमा हावा लागेपछि विद्युत् उत्पादन हुने बताइएको छ । यो प्रविधि अमेरिकाको इयोवा युनिभर्सिटीका शोधकर्ताहरूले पत्ता लगाएका हुन् । यसबाट निक्लेको विद्युत्बाट मानिसले घरेलु सामग्री चार्ज गर्न सक्ने उल्लेख छ ।

वैज्ञानिकहरूले यस्तो उपकरणको विकास गरेका छन्, जुन कृत्रिम रूपमा पात र हाँगाजस्तै गरी राखिएको हुन्छ । जब हावा कृत्रिम पात भएर चल्छ, तब विद्युत् उत्पादन हुन्छ । यो उपकरण बनाउने माइकल म्याकलोस्कीले अहिले निर्माण गरिएको उपकरणमा टर्वाइन भने बदल्न नमिल्ने बताएका छन् । यो मेशिनमा निकै हल्का हावाबाट समेत विद्युत् निकाल्न सक्ने प्रविधि जडान गरिएको उनको भनाइ छ । यो उपकरणको एउटा सकारात्मक पक्ष निकै सानो आकारको हुनु पनि हो ।

रूखजस्तै देखिने यो उपकरणको सहयोगमा आफूलाई आवश्यक रहेको जति विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । नयाँ उपकरणमा थप धेरै सुधार आवश्यक रहेको म्याकलोस्कीले बताएका छन् । अभियानमा खबर छ । ‘अहिले केही शहरमा कृत्रिम रूखको प्रयोग गरी शहरी सौन्दर्य बढाउने प्रयास गरिएको पाइन्छ,’ उनले भने, ‘यस्तोमा यो उपकरणको प्रयोग गरेमा विद्यत् उत्पादनको अतिरिक्त फाइदासमेत लिन सकिन्छ ।’