माधव बेल्वासे
चन्द्रौटा, १३ चैत । कपिलवस्तुको मुख्य वजारको रुपमा रहेको चन्द्रौटामा खानेपानि आयोजनाको लापरवार्हिले शुद्ध पिउने पानि वाट उपभोक्ताहरु वन्चित रहेका छन । तेस्रो साना सहरी खानेपानि तथा सरसफाई आयोजनाद्धारा संचालीत कार्यन्यवन ईकाई चन्द्रौटाले समयमै काम नसकेपछि चन्द्रौटा वासि पानि पिउनवाट वन्चित भएका हुन । निर्माण पक्षले आंउदो वैशाख भित्र काम सकने सम्झौता भएपनि काममा भएको ढिलाईले आयोजनाको काम नसकिने देखिएको छ ।

MYXJ_20170326161534_saveरिपोर्टस क्लव चन्द्रौटाले आईतवार आयोजना गरेको साक्षत्कार कार्यक्रम वोल्दै उपभोतmा समितिका अध्यक्ष तौफिक खानले करिव १४ करोड ३७ लाखको लागतमा निर्माधीन रहेको आयोजना समयमै नसकिदा समस्या सिर्जना हुने वताए । कुल लागतको ५ प्रतिशत रमक उपभोतmवाट खर्च भएको आयोजनाको काम नसकिददा उपभोक्ताहरु पानि खान वाट वन्चित रहेको खांनले वताए ।

साक्षत्कार कार्यक्रममा वोल्दै आयोजनाका व्यस्थापक विक्रम काशिछवाले वैशाख भित्र पानि खुवाउन नसकने वताए । काशिछवाले असोज भित्र कुनै पनि हालतमा काम सकेर उपभोतmाको घर घरमा पानि पुयाउने दावि गरे । अघिल्लो वर्षको मधेस वन्दले सम्वन्धीत निकायवाट समयमा सामान ल्याउन नसक्दा काम प्रभावित भएको जनाए ।

कार्यक्रममा परामर्शदाता भरत पौडेलले भवनको काम ९८ प्रतिसत , ओभरहेडको काम ९८ प्रतिशत , टविल निर्माणको काम ९८ प्रतिशत गार्ड हाउस निर्माणको काम ९८ प्रतिशत र पाईप लाईनको काम ६५ प्रतिशत सकिएको वताए । शिवराज नगरपालीकाले वाटो निर्माणको वेला विछाएको पाईप काटिदिएकोले थप समस्या भएको पौडेललेको भनाई छ । आयोजनाका ईन्जीनियर आयुष भुसालले काम छिटो सक्ने तर्फ आफुहरु लागेको र छिट्टै सक्ने वताए ।

नेपाल सरकारवाट ७० प्रतिशत रकम , एडिवी वाट २५ प्रतिशत त्रटण र उपभोतmावाट ५ प्रतिसत रकम वाट सन २०१५ जुलाई ८ तारिख सम्झौता भएको आयोजनाको काम जुलाई २२ ,२०१५ देखि सुरु भएको थियो । जनवरी ०७ ,२०१७ भित्र काम सकने लक्षय लिएको आयोजनाको काम नसकिएपछि ३ महिना म्याद थप गरिएको थियो । फेरि थपिएको म्यादमा पनि काम पुरा नहुने निश्चित भएपछि थप काम सकिन अझै छ महिना लाग्ने निर्माण पक्षले वताएको छ ।