इन्द्रेणी संवाददाता
दाङ, २० जेठ
जिल्ला विकास समिति दाङ द्धारा संचालित वैदेशिक रोजगारका लागी सुरक्षीत आप्रवासन सामी परियोजनाले महिलाहरुलाइ सुरक्षित वैदेशिक रोजगार सम्वन्धि तालिम दिएको छ ।
वैदेशिक रोजगारमा जानका लागी आवस्यक जानकारी नहुदा विभिन्न खाले कठिनाई आउने गरेका छन ।
महिला स्वास्थ्य स्वयम सेविकाको माध्यमवाट जनचेतना जगाउने उदेश्यले वैदेशिक रोजगारवारेको तालिम संचालन दिएको सुचना तथा परामर्श केन्द्र दाङका संयोजक किरण पोख्रेलले जानकारी दिनुभयो ।
दाङका सौडियार, रामपुर र मानपुर गाविसका २७ जना महिला स्वास्थ्य स्वमसेविकाको सहभागीता रहेको तालिममा वैदेशिक रोजगारमा जादा अपनाउनुपर्ने सजकताको वारेमा जानकारी गराईएको थियो ।।