इन्द्रेणी संवाददाता
दाङ, २० जेठ
अन्तराष्ट्रिय श्रम संगठन आई एल ओ को १६९ औ सचेतना कार्यक्रम आज घोराही ५ अम्बापुरमा सम्पन्न भएको छ ।iloवडा नागरीक मन्चको आयोजना तथा घोराही नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रमका संयोजक ऋषीराम चौधरीको अध्यक्षता तथा घोराही नगरपालिकाका नायव सुब्वा शेर बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय श्रम संगठन आईएलओ को बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का सामाजिम परिचालक मन्जु खनालले गर्नुभएको थियो ।।