इन्द्रेणी संवाददाता
घोराही, २० जेठ
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ दाङको पहिलो बैठकले संगठनको जिम्मेवारी वाँडफाँड गरेको छ । जिल्ला अध्यक्ष मिना गुरुङको अध्यक्षता एवं पार्टी पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यमा मंगलवार घोराहीमा सम्पन्न बैठकले विभिन्न विभागहरु गठन गर्नुका साथै जिम्मेवारीहरु प्रदान गरेको छ ।
पार्टी कार्यालय भरतपुरमा बसेको बैठकले क्षेत्र नं। १ को संयोजकमा रुमा अर्याल, क्षेत्र नं। २ मा यमा पुन, क्षेत्र नं। ३ मा देविकला केसी, क्षेत्र नं। ४ मा हरिकला वली मिया र क्षेत्र नं। ५ मा जया पाण्डेलाई जिम्मेवारी दिएको छ ।
यस्तै महिला हिंसा विरुद्ध तथा कुरीती संस्कृति विरुद्धको अभियान प्रमुखको जिम्मेवारी साजिदा सिद्धिकीलाई, प्रशिक्षण तथा तालिम बिभाग प्रमुखमा सुमित्रा रानालाई, प्रचार तथा प्रकाशन विभागमा सुनिता विएमलाई, गरिवी निवारण, आत्मनिर्भरताका लागि आर्थिक शसक्तिकरण अभियान समितिमा शोभा शाहलाई जिम्वेवारी दिएको छ ।
बैठकले पदाधिकारी र क्षेत्रिय संयोजकहरु रहेको ११ सदस्यीय सचिवालय पनि गठन गरेको छ । बैठकले संगठन विस्तारलाई अभियानका रुपमा अघि बढाउने, जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने लगायतका निर्णय गरेको जिल्ला सचिव शोभा शाहले जानकारी दिनुभयो ।।