इन्द्रेणी संवाददाता
दाङ २० जेठ
दाङको स्युजा गाविसले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाविससँगै, प्राथमिक स्वास्थ्यकेन्द्र, विद्यालय र अन्य संघ संस्थाले पनि आफुले सम्पादन गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
गाविसका सचिव खिमेन्द्रसिंह खड्काले दोस्रो चौमासिकसम्म भएका विकासे योजनादेखि गाविसवाट भएको अन्य कार्य सम्पादनको बारेमा बताउनुभएको थियो । उहाले गाविसलाई प्राप्त भएको बजेट फिर्ता हुन नदिने गरेर काम भएको जानकारी गराउनु भएको थियो ।
अनुगमन गरेर योजनाहरु फच्यौट भएको, गाविसले दिदै आएको सेवालाई थप प्रभावकारी बनाईएको, सेवाग्राहीको गुनासो सुन्नगुनासो पेटिका राखिएको रसेवाग्राहीहरुको गुनासोलाई सम्बोधन गरेर अगाडी बढ्ने गाविस सचिब खड्काले बताउनुभयो ।
गाविस सचिव खड्काको अध्यक्षता एवम गाविसस्तरीय अपाग समन्वय समिति अध्यक्ष मधुसुदन पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण पत्रकार इन्द्र डिसी र गाविसका सामाजिक परिचालक बेदुराम पाण्डेले गर्नुभएको थियो ।।