Nawalparasi
फाइल तस्वीर

ओखलढुंगा जिल्लाको फुलबारी ५ सानडारीमा आज ट्रयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आखलढुंगा फुलबारीका मनिस खड्का, बिलन्द–५ का बिष्णु बराल, सोही स्थानका मिलन घिमिरे, अमिर घिमिरे र खोटाङको च्यास्मीनटार गाबिस–५ का हरी बहादुर राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहाले जनकारी दिए ।

शाहाका अनुसार ड्राईभरले खाजा खान ट्याक्टर रोकेका बेला सहचालकले ट्रयाक्टर कुदाएकाले दुर्घनामा परेको हो । ट्रयाक्टरमा स्कुले बिद्यार्थीहरु चडेका थिए ।