13315770_1750028978547809_8224069040079354608_nइन्द्रेणी संवाददाता

नेकपा माओवादी ( केन्द्र ) निकट आखिल क्रान्तिकारीले संगठन सुदृढीकरण तथा विद्यार्थी जागरण अभियान कार्यक्रमलाई तिव्र वनाएको छ । विद्यार्थी जागरण कार्यक्रम अन्तर्गत महेन्द्र मावि स्युजामा भएको भेलाले नयां कार्यसमिती चयन गरेको छ । भेलाले सोनु पुनको अध्यक्षतामा द्धढ सदस्यीय मुल एकाई समिती गठन गरेको छ । जसको उपाध्यक्षमा गोवर्दन पुन सचिवमा विनोद केसी सह सचिवमा मञ्जिता वर्जवा र खिमानन्द भण्डारी कोषाध्यक्षमा पार्वती घर्ती रहनु भएको छ ।

साथै क्रान्तिकारीको भेला अम्विका मावि हर्नोकमा पनि सम्पन्न भएको छ । भेलाले केशव गोराथोकीको अध्यक्षतामा घढ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा हेमन्त भण्डारी सचिवमा एमा पुन सहसचिवमा रिता वुढाथोकी र कोषाध्यक्षमा खुस्वु पुन रहनु भएको छ । अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष सन्तोष पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष जंग रोकाले गर्नु भएको अखिल क्रान्तिकारी दाङका संचार सह संयोजक ३गिरवहादुर महराले जानकारी दिनु भएको छ ।