13329887_10208287978868760_1686756427_nकाठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी पत्रकार संघले ४९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । आज पेरिसडाँडामा भएको एकता भेलाले गोविन्द आचार्यको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको हो ।

भेलाले ४९९ को एक तिहाई रहने सचिवालय र १९ जनाको कार्यलय टीम बनाएको छ । भदौको १० र ११ मा राष्ट्रिय सम्मेलन गर्ने भेलाको निर्णय छ । पार्टीको ९९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनेपछि आलोचना भैरहेको बेला पत्रकारको संगठनको समिति पनि ठूलै आकारको बनेको छ । अब करान्तिकारी पत्रकार संघको नाम परिवर्तन भएर प्रेस सेन्टर नेपाल रहनेछ ।