इन्द्रेणी संवाददाता
१९ जेठ नेपालमै पहिलो पटक भैरहेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव अहिले सम्पन्न भएको छ । दाङमा ९ सय जना मतदाता रहे पनिजम्मा ८ सय ३२ जनाले मतदान गरेको निर्वाचन समिती अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभएको छ । संस्थागत चुनावका लागि नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (मञ्च), नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् । सरकारले निजामती कर्मचारीलाई आज बिदा दिएको छ । निजामती सेवा नियमावलीको व्यवस्था अनुसार मतदाताले कुनै एक संगठनलाई मत दिनेछन् । प्राप्त मतका आधारमा केन्द्रीय, विभागीय र जिल्ला कार्य समिति गठन हुनेछ । एक केन्द्रीय, ४२ वटा विभागीय र ७५ वटा जिल्ला कार्यसमितिको चुनाव हुन लागेको हो । समानुपातिक पद्धतिका आधारमा हुने चुनावमा प्राप्त मतका आधारमा पहिलो हुने संगठनले केन्द्रीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ । दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष र चौथोले सचिव पद पाउनेछ । १६ जना केन्द्रीय सदस्यमा भने प्राप्त मतका आधारमा पदको समानुपातिक पद्धतिका आधारमा हुने चुनावमा प्राप्त मतका आधारमा पहिलो हुने संगठनले केन्द्रीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ । दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष र चौथोले सचिव पद पाउनेछ । १६ जना केन्द्रीय सदस्यमा भने प्राप्त मतका आधारमा पदको समानुपातिक वितरण हुने व्यवस्था छ ।
विभागीय र जिल्लाको हकमा भने पहिलो हुनेले अध्यक्ष, दोस्रोले उपाध्यक्ष, तेस्रोले सचिव र चौथोले सहसचिवको जिम्मेवारी पाउने छन् । मतअनुसार नै सदस्य संख्या बाँडिने तर १० प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व पाउने छैन ।
देशभरी गरी ५५ हजार तीन सय २९ निजामती कर्मचारीले रहेका छन् । चुनावमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र त्यो भन्दा तल्लो तहका कर्मचारीले भाग लिएका छन् ।