‘समृद्धिको लागि पर्यटन संचार अभियान’ अन्तरगत पत्रकार रमेश रावलको संयोजनमा ९ सदस्यीय नेपाल पर्यटन पत्रकार संघ तदर्थ समिति कालिकोट गठन गरिएको छ, कालिकोटमन क्रियाशिल पत्रकारहरुको एक भेलाले आज नेपाल पर्यटन पत्रकार संघ गठन भएको हो ।

कर्णालीको पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले गठित समितिमा रमेश रावल ( कारोबार दैनिक ) संयोजक रहने गरि सदस्यहरूमा दिलिपकुमार शाही ( रेडियो चंखेली ) प्रेमराज सिंम्खडा ( राजधानी दैनिक ) पुष्पराज भट्टराई ( मालिका पोष्ट साप्ताहिक ) लंकराज धमाला ( रेडियो नेपाली आवाज ) , साधना शाही ( रेडियो मालिका ), रमेश बोगटी ( रेडियो मालिका ) कर्ण कुमाल  ( रेडियो नेपाली आवाज ) र भरत सुनार सदस्य रहेका छन् । पर्यटन पत्रकार संघको भेलाले २०७४ साल बैशाख ५ गते प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।