काठमाडौं, ३ चैत । आइजीपी नियुक्त सम्बन्धमा विहीबार पनि छिनोफानो हुन सकेन । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा विपक्षी वकिलले इजलास गठनप्रति आपत्ति जनाएपछि बिहीबारका लागि तोकिएको अन्तिम सुनुवाइ रोकिएको हो ।

igp indसर्वोच्चले आईजीपी प्रकरणको अन्तिम सुनुवाइका लागि चैत ६ गते पेश गर्न अदालत प्रशासनलाई दिर्नेशन दिएको छ । आइजीपीको बढुवा सिफारिस रोक्ने गरी यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश संलग्न इजलाश गठन भएपछि निष्पक्ष निर्णय हुनेमा प्रश्न उठाउँदै विपक्षी वकिलले सुनुवार्इ गर्न नमिल्ने बताएपछि सुनुवाई स्थागित भएको हो।