बिमल योगी
दाङ,२ चैत्र । दाङको सौडियारमा घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ । स्थानिय जनतालाई घरदैलोमा नै सेवा पू¥याउने उदेश्यले साविक सौडियार गा.वि.स.का बिभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो ।

feature0सौडियार गा.वि.स.को आयोजना,व्याकवार्ड सोशाइटी एजुकेशन वेसको समन्वय र युएसएआईडीको आर्थिक सहयोगमा घोराही उपमहानगरपालिकाको वडा नम्वर ६ र ७ अन्तरगत सौडियारको साझा भवन र जवरपुर सामुदायिक भवनमा घुम्ती सेवा शिविर सञ्चालन गरिएको संयुक्त वडा सचिव टेकबहादुर खड्काले जानकारी दिए ।

शिविरमा निशुल्क स्वास्थ्य सेवा,सामाजिक सुरक्षा भत्ता बितरण,बिवाह दर्ता,जन्म दर्ता,मृत्यु दर्ता,अपांग परिचय पत्र सिफारिस तथा निशुल्क आखा अप्रेसनका लागी सिफारिस गरिएको छ । उप महानगरपालिका को ६ र ७ वडाका ४ स्थानमा चल्ने शिविरको दोश्रो दिन सम्म ३२ जनाको जन्म दर्ता,२४ जोडीको बिवाह दर्ता १ जनाको मेत्यु दर्ता,१३ जनाको निशुल्क आखा अप्रेशनका लागी सिफारिस र ४ जनालाई अपांग परिचयपत्रका लागी सिफारिस गरिएको छ ।

यस्तै शिविरमा ३ सय जना बढि जेष्ठ नागरिक,एकल महिला,दलित जेष्ठ नागरिक,अपांग व्यक्तीलाई दोश्रो चौमासिकको करिव १७ लाख बढिको रकम बितरण गरिएको थियो । एक सय ४६ जना को मृगौला परिक्षण,प्रेसर चेकजाच गरिएको थियो ।