टीकापुर, २ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रलाई एकता बनाउन सक्षम पार्टी नेकपा एमाले मात्रै भएको बताएका छन् । मेची–महाकाली अभियानअन्तर्गत आज बुधवार कैलालीको टिकापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खनालले मुलुकको गरिबी, बेरोजगारी, अभाव, विभेद र अविकास हटाउने काम एमालेले मात्रै गर्न सक्ने दावी समेत गर्न भ्याए ।
पार्टीका पूर्वअध्यक्ष समेत रहेको खनालले राष्ट्र र राष्ट्रियतामा समर्पित आफ्नो पार्टीलाई केही व्यक्तिहरुले मधेस विरोधी, कुनै भिजन नभएको पार्टीको संज्ञा दिने गरेकोमा आपत्ती जनाए ।
उनले सप्तरी घटनाको प्रशंगलाई कोट्याउदै मधेसी मोर्चाले आफूहरुलाई जुलुश र सभा गर्न दिन्न भन्दैछ अवरोध गर्न खोजेको आरोप लगाए । लोकतन्त्र स्थापन भइसकेको अवस्थामा यो अधिकार उसलाई मात्रै नभइ कसैलाई नभएको बताए ।
