चेतन रेग्मी
तुलसीपुर, २ चैत । तुलसीपुर खानेपानी संस्थाको निर्वाचन नजिकिदै गर्दा तुलसीपुरमा नेपाली कांग्रेसका नेताहरु घरदैलोमा जुटेका छन् ।
चैत्र ५ गते शनिवार सम्पन्न हुन लागेको निर्वाचनमा लोकतान्त्रीक समूहलाई विजयी वनाउन जिल्लाका नेताहरु सक्रिय रुपमा लागी परेका छन् । उनीहरुले वजारका घरघरमा पुगी यमकान्त भण्डारी समूहलाई विजयी गराउन समेत अपिल गरेका छन् ।
नेपाली कांग्रेस दाङका सभापति किर्ति वहादुर खड्का, निवर्तमान सभापति घनश्याम रेग्मी, तरुणदल दाङका अध्यक्ष टिका घर्ति, नेताहरु तेज वहादुर वस्नेत , महेन्द्र श्रेष्ठ, लेवेन्द्र धिताल, यूवा नेता श्याम रेग्मी, गोविन्द मजगैया, मदन रसिक, विद्यार्थी नेता युवराज खड्का ,महिला नेत्रीहरु चित्रा गिरी, घनश्याम ढकाल, सुष्मा गिरी,तुलसीपुर नगरस्तरिय महिला संजालकी संयोजक यमूना शाह लगायतको टोली तुलसीपुरका विभिन्न भागहरुमा पुगी घर दैलो गरेको छ ।
त्यस्तै टोलीमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल , पूर्व अध्यक्ष दिपेन्द्र कुमार खत्री , राप्ती वस समितिका अध्यक्ष सुरेश हमाल, दाङ जिल्ला टेक्ट्रर व्यवसायी समितीका अध्यक्ष चिन्तामणि आचार्य लगायत उद्योगी, व्यापारी व्यवसायीहरुले पनि लोकतान्त्रीक समूहलाई विजयी वनाउन अपिल गरेका छन् ।
लोकतान्त्रीक समूहले बुधबार रजौरा,डुम्रीगाउ लगायत आसपासका टोलहरुमा पुगी घरदैलो एवं उपभोक्ताहरु संग भेटघाट एवं उनीहरुका समस्याका वारेमा जानकारी लिएको प्रचार प्रसार समितिका सदस्य शरद रेग्मीले जानकारी दिए ।
उता संयुक्त प्यानलले पनी प्रचार प्रसारलाई तिव्र पारेको जनाएको छ । युक्त प्यानलले आज तुलसीपुर ४,५,र ६ वडाका रजौरा,डुम्रीगाउ लगाएतका स्थानमा घर दैलो अभियान र उपभोक्तासंग भेटघाट गरेको छ । अध्यक्ष खेमराज वलीको नेतृत्वमा रहेको उम्मेद्धारहरुको टोलीले विभिन्न गाउँमा पुगी उपभोक्तासंग भेटघाट गरेको हो ।
सो क्रममा संयुक्त प्यानलका उम्मेद्धारहरुले आफ्नो प्यानलको सबै पदाधिकारीहरु अनुभवि, ईमान्दार र जुझारु व्यक्तिहरु भएको भन्दै अमूल्य मत दिएर आफुहरुलाई विजय बनाउन आग्रह गरेका थिए । त्यस्तै स्वतन्त्र उमेदवार दिपक धीताल लगाएतको टोलीले पनी खानेपानी संस्थामा दलहरुको हस्तक्षेप रोक्नकालागी पनी आफुलाई बिजयी बनाउन आग्रह गर्दै विभिन्न स्थानमा पुगी उपभोक्तासंग भेटघाट गरेको छ ।