गोविन्द खड्का
घोराही, २ चैत । ‘ए बाबु यो फोहर टिप’ घोराही ६ फुर्सेखालीका श्रीमान बुढालाई संयोजक मिनराज गौतमले घरमै गएर भन्नुभयो, ‘त“ बुढाले टिप भन्ने ? मेरो घरमा तैले सिकाउनु पर्छ भनेर बुढाले लपटा जम्किए ।

feature0त्यो दृश्य प्रत्यक्ष देखेका वडा सरसफाइ समितिका सचिव दिनेश वली वाल बाल बचेको सुनाउनु हुन्छ । सामान्य नागरीकले सरसफाइ अभियान्तालाई उल्टो खतरा निम्त्याउनु दुःखद हो नै । त्यस भन्दा बढि अबुझ समाजको चित्र हो । आफै सफा त गर्दैनन् । अरुले भनेको समेत टेरेका छैनन् ।

अबुझ सर्बसाधारणको त्यो दागरी टिठाउने अबस्था छैन । पढलेख नगरेपनि हातपात गर्न आउछ । आफुलाई लागेको कुरा जसले पनि भन्न सक्छ । बोल्ने कुरा अब कसैले पनि छुटाउने देखिन्न । त्यसो त समाज पछि परेको, वातावरण फोहर र अस्तव्यस्त देखिनुको कारण कार्यान्वयन नहुनु हो । मेरा कारणले अर्काले दुःख नपावस भन्ने भावना अझै विकास हुन सकेको छैन ।

अशिक्षित छन् । रक्सीको रंग विना निद भोक नलाग्नेहरु गाउमा भेटिन्छन् । एक दुई गिलास रक्सीमा शरीर बेच्ने महिलाहरु पनि बढेका छन् । तिनिहरु पिसाव कुन ठाउमा गर्नुपर्छ भन्ने सम्म जान्दैनन् । ‘ढोका बाट निश्केर पिसाव गर्ने भित्र पसेर खाने पनि भेटिए’ घोराही ६ का स्वयंसेविका विष्णा आचार्यले भन्नुभयो, ‘उनिहरुलाई पनि फोहर बोरामा जम्मा गर्न र घर आगन सफागर्न सिकाएका छौ ।’ उहाकाक अनुसार सुचना दिएको केहि दिनमै सुधार गरेर देखाएका छन् ।

‘खुश व्यखुस भएपनि रिसाउनेहरुमा सफागर्ने आचरण बसिसकेको छ ।’ रानीजरुवा टोल विकास संस्थाका अध्यक्ष सतबहादुर रोकाले अनुभव सुनाउनउदै थप्नुभयो, ‘हरेक हप्ता सफागर्न बोलाउदा पेलेको पेल्यै कति गछौ ? भनेर झर्किन्थे ।’ अहिले उनिहरु झन चाडो सफा देखिन्छन् । शरीरका मैल फाल्ने, अत्तर घस्ने, विभिन्न सेन्ट र मेकपले मगमगाउदै बजार जाने देखिने सफा हो । अब त्यसले पुग्दैन उच्च टोलका डिल बहादुर पुनका अनुसार भित्रै बाट सफाका भावना जाग्नुपर्छ ।
सबै भन्दा विकट मानिएको हात्तिखर्क घोराही ६ को सरसफाइमा कमजोर ठाउ“ हो । जोगि डाडाका स्वयंसेविका महेन्द्रा रावतका अनुसार पहिलेको भन्दा धेरै परिवर्तन भएको छ । आमा समहुका बैठकमा पनि फोहर जथाभावि नफाल्नु भनेर सिकाईन्छ । हात्तिखर्कका स्वयंसेविका पवित्रा भुषालका अनुसार ट्वाईलेट बनाएर पनि घास, दाउरा, दार राख्ने गर्थे । उनिहरुको घर बाट निकालेर फाल्नु परेको थियो । अहिले शौचालय धेरैले प्रयोग गरेका छन् । पानी अभावका कारण केहि को घरमा मात्रै सरसफाइमा समस्या छ । नत्र फोहका कारण रोगि पहिले जस्तो भेटिदैनन् ।
बच्चाका दिसा धोएकार ¥यापर, महिलाले महिनावारी हुदा प्रयोग गरेका प्याडहरु बाटोमा फाल्ने गरेको मसिनाका स्वयंसेविका बसन्ता खड्काको भनाई छ । कतै झाडिमा कोचेपनि कुकुर वा अन्य जनावरले बाटोमा ल्याएको पाईन्छ । त्यस बाहेक फोहर भेटाउन मुश्किल पर्छ ।
भत्ता पचाउन आएका भनेर केहिले कुरा सिकेपनि सफा हाम्रै हो भन्ने धेरैले बुझिसकेको सामाजिक परिचालक सरलारावतको भनाई छ । उहाका अनुसार साना टुक्राहरु छुटेपनि ठुला प्लाष्टिक वा अन्य फोहर पाउन मुश्किलै पर्छ । त्यसैले पहिलाको भन्दा धेरै सफा भएको छ । एक चोटि सबै क्षेत्रमा अभियान चलाएर पुर्ण सरसफाइ युक्त वडा घोषणा गरेपनि हुन्छ ।

जन्ती जस्तौ साझ विहान ताति लाग्ने विद्यालयका बसहरु बाटोमा फोहर बढाउने कारण बनेका छन् । फुर्सेखालीका ख का अध्यक्ष भागिमान घर्तिका अनुसार बिहान भन्दा साझा नालामा धेरै प्लाष्टिकहरु खसाल्छन् । तिनलाई विद्यालयमा गएर बस बाहिर फाल्ने प्रतिबन्ध लगाउनुपर्छ । जो काम गर्दैन उसैले ठुला कुरा गर्ने र महान मान्छे कहलिने चलनले विकासमा अबरोध गरेको छ ।

गाडिबाट फाल्ने, बजार बाट लगेर सोतामा खन्याउने गरेर लालिगुरास बोडिङ हुदै मुसलमान डाडा सम्म फोहर धेरै छितरीएको छ । त्यस वरपर गतिलो टोल विकास संस्था नभएकाले पनि समस्या आएको दिदि बहिनी टोलका अध्यक्ष घनवहादुर रावतले जानकारी दिनुभयो । प्राय साझ विहान बजार आउने रावतका अनुसार त्यस क्षेत्रले घोराही छ को अनुहार विगारी दिएको छ । मुखैमा फोहरका पोका भेटिएपछि मान्छेको धारणा बदल्छ । फोहर छ भन्ने सन्देश दिन्छ ।

बचत गर्ने र घर फर्किनेले टोलका उन्नती गर्दैनन् । खालि उनिहरुले आफ्नो लाभ मात्रै उठाउने हुन् । टोल अध्यक्ष सचिव जहा सकृय भएर सरसफाइको अगुवाइ गरेका छन् त्यहा विकास भएको स्वयंसेविका सरस्वती केसीले जानकारी दिनुभयो । सामाजिक काम गर्न नियमित बचतले पुग्दैन । जुनसुकै चुनौति आएपनि यसै बर्ष पुर्ण सफा वडा घोषणा गरीछाड्ने वडानागरीक मञ्च घोराही ६ का संयोजक धर्म हमालको भनाई छ । त्यसै अनुसार घरघरै सरसफाइ क्यालेण्डर र स्टिकर टास्ने अभियान थालिएको छ । केहि दिनमा पुरा हुन्छ ।

‘टोलका सार्वजनिक स्थल सबै मिलेर सफा गर्नुपर्छ’ घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मी भन्नुहुन्छ‘ हरेक बैठकमा खोला साफ गरौ । एक पटक सफा बनाउने र बाकि फाल्न नदिनेहो भने समस्या छैन ।’ उहाकाअनुसार सिरानमा बस्ति भएको वडालाई खास्सै अफठेरो छैन । फोहर उठाउन सवारी साधन आवश्यक परे जुनसुकै बेला सेवा दिन नगरपालिका तयार छ ।