दीपक वली
दाङ, २ चैत्र । परोपकारी युवा अनुजा हमालले तेरौटे स्थित बृद्धाश्रममा अन्नदान गरेका छन् । दाङ घोराही उपमहानगरपालिका वडा नं १० निबासी २८ बर्षीय हमालले बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई अन्नदान गरेका हुन् ।
आनुजा हमालको अध्यक्षता एवं समाजसेवी एवं पाण्डवेश्वरी यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष केशव नेपालीको प्रमुख आतिथ्यएमा भएको कार्यक्रममा १ बोरा चामल, आलु ५ किलो,नुन चार पोका, दाल दई किलो, तेल एक लिटर, बिष्कुट १ दर्जन, तरकारी बोडी र प्याज गरी ५ किलो, सुन्तला अंगुर साढे ३ किलो, र जनही रु. ५० रुपैयाँका दरले बृद्धाश्रममा रहेको १९ जनालाई बितरण गरेका थिए ।
