दाङ, २ चैत । दाङका विभिन्न सडक योजनाका लागि सरकारले झण्डै चार करोड बजेट थप गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा दाङ आएको बेला स्थानीयबासीले बुझाएको मागपत्रको आधारमा अर्थमन्त्रालयले ती योजनामा बजेट पठाएको जिल्ला समन्वय समिति दाङका बोर्ड सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो ।

roadतत्कालिन जिल्ला विकास समितिबाट स्थानीय विकास मन्त्रालय हुँदै सर्टिङ गरेर अर्थमन्त्रालय पठाइएको र अर्थ मन्त्रालयले विभिन्न ३६ योजनामा तीन करोड ९० लाख बजेट थप गरी पठाएको उहाँले जानकारी दिनुभयो । यी योजना जिल्ला समन्वय समितिका उपभोक्ता समितिहरुले कार्यान्वयन गर्नेछन् ।

थप भएका सबै योजनामा १५।१५ लाख बजेट पठाइएको छ । जसअनुसार नारायणपुर–सौरीकुला–सिमलबोट–उत्तरअम्राइ–सिवानी–ठाँटीगाउँ–ठटौली सडक, घोराही–६ चमेली टोलदेखि चमैसोता कालोपत्रे, घोराही सर्रा हाइवे हुँदै सानीअम्बापुर–मुनाटोल–भगवानपुर टोल– दामोदर सडक कालोपत्र, धर्ना डाँगीगाउँदेखि रज्जा मन्नामे सडक, अमेलिया–होलेरी–सहिदमार्ग, विजौरीडाँडा–सिस्नेरी सडक, एकान्त टोल–तुरुन्तपुर–बाह्रकुने सडक कालोपत्रे, कोठरी–कन्जवार–धमकापुर सडक र मुलबारी–गहतेरा कमिरेचौर सडक योजना रहेका छन् ।

त्यस्तै  शहीद विद्यालय बनकट्टीदेखि मानपुर  स्वास्थ्यचौकी हुदै  टरिगाउँ सडक, गोबरडिहा जेठानगाउदेखि वनघुस्री पुरानो  दामोदर  सडक, भलटोलगह्राटोल शान्तिनगर  सडक, मूलाबारी–लापेको इला–बड्डाडा सडक कालो पत्रे , घोराही–६ जो गीडाडादेखि भैसीकोट–कटुवाखोला सडक, लोहारपानी–काभ्रे –स्यूजा–सैघा–होलेरी सडक, सिसहनिया–करङेकोट–हासीपुर –मुर्कुटी सडक, कमिररेचौर–तापा–अरङखोला सडक, लक्ष्मीपुरको  भानपुर चोक हुदै  रामपुरको  सुकेर् डागी–पसाले–बुका सडक, डहरी टोल–रिङराड सडक शान्तिनगर  र  सरर्र–सांडियार –कचतपुर –दमाइटोल–चोरगाउ बबई जोड्ने  सडकमा पनि १५÷१५ लाख बजेट आएको  आचार्यले  जानकारी दिनुभयो । नयाँ युगबोधबाट